शुक्रबार, जेष्ठ २३, २०७७
    विज्ञान/प्रविधि

    गूगललाई १५ करोड यूरो जरीवाना, विज्ञापनदातालाई पक्षपात गरेको आरोप

    आईतवार, ६ पौष २०७६, आहाखबर

    काठमाडौँ, ६ पुस

    फ्रान्सको एकाधिकार विरोधी नियामकले अमेरिकी कम्पनी अल्फाबेटको सर्च इन्जिन गूगलमाथि १५ करोड यूरो जरीवाना लगाउने निर्णय गरेको छ ।

    आफ्नो विज्ञापन पेजमा गलत तरिकाबाट सूचना पेश गरेको आरोप लगाउदै फ्रान्स सरकारको एकाधिकार विरोधी आयोगले गूगल माथी उक्त जरिवाना लगाएको हो ।

    अमेरिकी कम्पनी गूगलले विज्ञापनदातालाई शक्तिको दुरुपयोग गर्दै पक्षपात गर्ने गरेको नियामकको आरोप छ।

    पछिल्लो समय अधिकांश अमेरिकी प्रविधि कम्पनीहरु ९गूगल, फेसबुक, एप्पल र अमेजन सहित अन्य कयौँ० यूरोपियन देशलाई कम कर बुझाएका कारण निशानामा रहेका छन् । यसै वर्षको सेप्टेम्बरमा गूगलले फ्रान्सलाई एक अर्ब यूरो जरिवाना स्वरुप बुझाएको थियो । उक्त जविाना कम्पनीले ४ पुरानो फिस्कल फ्रड को जाँच पछि बुझाएको थियो ।

     


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast