बिहिवार, चैत्र २०, २०७६
    ओएमजी Omg!

    आज यस वर्षको सबैभन्दा छोटो दिन !

    आईतवार, ६ पौष २०७६, आहाखबर

    काठमाडौं, पुस ६ 

    आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ।  आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ । 

    पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ।  हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा  हुन्छ। जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ। 

    हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन्। तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast