सोमबार, चैत्र २४, २०७६
    स्कुल-कलेज

    एसईईको परीक्षा तालिका सार्वजनिक, पहिलो दिन अनिवार्य अंग्रेजी

    मंगलवार, १ पौष २०७६, आहाखबर

    १ पुस, काठमाडौं । 

    राष्ट्रिय परीक्षा बोर्डले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    एसई आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।

    बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

    बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast