बुधबार, जेष्ठ २१, २०७७
    विज्ञान/प्रविधि

    पाकिस्तानभरी नै इन्टरनेट सेवामा समस्या, यस्तो छ कारण...

    सोमबार, ३० मंसिर २०७६, -ANI/RSS/Aahakhabar .

    ३० मङ्सिर :

    प्राविधिक समस्याका कारण पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ । 

    कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको छ ।

    ‘पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल)’ले वक्तव्य जारी गरेर एएइ—१ केबुलमा प्राविधिक समस्या भएकाले इन्टरनेट सेवा सञ्चालन नभएको स्पष्ट पारेको छ । 

    इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेट सेवा निकै सुस्त भएको र कतिपय ठाउँमा त घन्टौँसम्म पनि चल्दै नचलेको बताएका छन् । 

    पाकिस्तानमा सञ्चालन भएको इन्टरनेट दक्षिण पूर्वी एसिया, युरोप, इजिप्टलगायतका देशमा भएको इन्टरनेटसँग सम्वन्धित रहेको अधिकारीहरुले जनाएका छन् । 

    त्यसैगरी हङ्कङ, भियतनाम, कम्बोडिया, थाईल्याण्ड, मलेसिया, सिङ्गापुर, म्यानमार, भारत, पाकिस्तान, ओमन, युएई, कतार, यमन, साउदीअरब, इजिप्ट, ग्रिस, इटली र फ्रान्समा सञ्चालन भइरहेको इन्टरनेट एउटै सञ्जालबाट वितरण भइरहेको प्राविधिक तथा विज्ञहरुको भनाई छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast