शुक्रबार, जेष्ठ २३, २०७७
    विज्ञान/प्रविधि

    अब ट्वीटरमा जीआइएफ फिचर, चलाउन निकै सजिलो

    सोमबार, ३० मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ३० मङ्सिर

    ट्वीटर कम्पनीले ट्वीटरमा जीआइएफ फिचरको विस्तार गरेको छ । जीआइएफ लाइभ फोटो फर्मेट हो । सबैभन्दा पहिले आइफोनमा लाइभ फोटोको सुरुवात भएको थियो ।

    पछि सबै स्मार्टफोनमा लाइभ फोटोको फिचर प्रदान गर्न थालियो । पहिले ट्वीटरमा जीआइएफ फोटो अपलोड गर्दा स्टिल फोटोको रुपमा पोस्ट हुन्थ्यो । पछि मात्र जीआइएफ फोटो ट्वीटरमा पोस्ट हुन थाल्यो ।

    जीआइएफ फोटो बनाउँदा अन्य एप्स तथा सफ्टवेरको प्रयोग गर्नु पर्छ । तर ट्वीटरले जीआइएफ फिचर नै प्रदान गरेपछि अब अन्य एप्सको सहयोग लिने झन्झट गर्नु पर्दैन । हालका लागि यो फिचर आइओएस ट्वीटर एपका लागि मात्र प्रदान गरिएको छ । 

    यसका लागि तपाइँ सिधै क्यामेरा रोलमा गएर लाइभ फोटो अपलोड गर्नुपूर्व त्यसलाई कन्भर्ट जीआइएफमा थिच्नुपर्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast