बिहिवार, चैत्र २०, २०७६
    प्रेरक प्रसँग

    वाल्मीकिका अनमोल वचन, जसले बदल्न सक्छ जीवन

    सोमबार, ३० मंसिर २०७६, आहाखबर

    काठमाडौं, मंसिर ३० । 

    अक्सर महान् व्यक्तिहरुको जीवन भोगाई, बुझाई हाम्रो निम्ति प्रेरक बन्नसक्छ । उनीहरुले आफ्नो जीवन भोगाइबाट आर्जन गरेका सीप, ज्ञान, अनुभवले हामीलाई सही मार्गमा, सही ढंगले हिँड्न सघाउँछ ।

    जीवनलाई बदल्न उर्जा मिल्ने महर्षि बाल्मिकिको जीवनबाट हामी केही सिक्न सक्छौं । 

    – संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।

    – यस संसारमा दुर्लभ केही पनि छैन, यदि उत्साह नछाड्ने हो भने ।

    – अहंकार मानिसको सबैभन्दा ठूलो दुश्मन हो । त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।

    – यदि कसैसँग इच्छाशक्ति छ भने, उसले जतिसुकै कठोर काम सजिलै गर्न सक्छ । इच्छाशक्ति र दृष्ढसंकल्पले मानिसलाई राजा बनाउँछ ।

    – सेवाबाट सत्रु पनि मित्र हुन्छन् ।

    – आमाबुबाको सेवा र उनीहरुको आज्ञा पालन गर्नुजस्तो अर्को धर्म छैन ।

    – पि्रयजनलाई पनि मोहवश अत्याधिक प्रेम गर्दा यश नष्ट हुन्छ ।

    – दुख र विपद जीवनका यस्ता दुई पाहुना हुन्, जो निमन्त्रणा बिना नै आइपुग्छन् ।

    – मानिसको आचरणले बताउँछ कि ऊ कुलिन हो वा होइन, वीर हो वा कायर, पबित्र हो वा अपबित्र ।

    – हुने घटनाप्रति दुख मनाउनु कायरता वा अज्ञानता हो ।

    – कुनै कुरालाई अत्यान्त प्रेम गर्नु वा प्रेमको सवर्था अभाव हुन नदिनु, दुबै महान दोष हो । अतः मध्यम स्थितीमा दृष्टि राखौं ।

    – भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन्, जो भाग्यमा निर्भर भएर आफैलाई नष्ट गर्छन् ।

    – उत्साह, सामथ्र्य र मनमा हिम्मत नहार्नु, कुनैपनि कार्य सम्पन्न गर्न सक्ने गुण हुन् यी ।

    – जीवनमा सधै सुख मिल्छ भने यो दुर्लभ कुरा हो ।

    – अतिसंघर्षले चन्दनमा पनि आगो प्रकट हुन्छ, त्यही प्रकार एकदमै अवज्ञा गर्दा ज्ञानीको हृदयमा पनि क्रोध उत्पन्न हुनसक्छ ।

    – गुणी व्यक्ति अर्कालाई दुखबाट बचाउन कष्ट सहन्छ, तर दुष्ट व्यक्ति अर्कालाई दुखमा पार्नका लागि ।

    – नीच व्यक्तिको नम्रता अत्यान्त दुखदायी हुन्छ, अंकुश, धनुष, साप र बिरालो पनि झुकेर नै हमला गर्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast