मंगलवार, चैत्र २५, २०७६
    सार्क

    नरेन्द्र मोदी सिंढी चढ्दाचढ्दै लडेपछि ... (भिडियोसहित)

    आईतवार, २९ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २९ मङ्सिर

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिंढी चढ्दै गर्दा एक्कासी लड्न पुगेको भिडियो 'भाइरल' बनेको छ। भिडियोमा मोदी हतारहतार सिंढी चढ्दै गरेको देखिन्छ। हतारामा सिंढी चढ्दै गर्दा उनी अकस्मात लड्न पुग्छन्। 

    लगत्तै सुरक्षाकर्मीले उनलाई उठाएका थिए। यो घटना भारतको कानुपुरस्थित अटलघाटमा भएको एक कार्यक्रममा सहभागि हुन जाँदाको हो। उनी सुरक्षाकर्मीको घेरामा रहेर सिंढी चढ्दै गर्दा अकस्मात लडेका थिए। यो भिडियो 'द प्रिन्ट'को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast