बिहिवार, माघ ९, २०७६
    राज्य-समाज

    कांग्रेसको आन्तरिक विवाद चर्किँदै, सहमति गराउने जिम्मा दोस्रो तहका नेतालाई

    शनिबार, २८ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २७ मङ्सिर

    कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिलेपछि पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै गएको छ । विवाद मिलाउन कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिय भएका छन्।

    शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा भएको पौडेल र देउवाबीचको बैठक निष्कर्षमा पुग्न नसकेपछि दुबै नेताले सहमित खोज्ने जिम्मा दोस्रो तहका नेतालाई दिएका हुन्।

    जसअनुसार शनिबार साँझ पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमेन्द्र नीधिको नेतृत्वमा सिंह निवास चाक्सिबारीमा छलफल भएको छ।

    छलफलमा यसअघिको सहमति अनुसार पौडेल पक्षले चौधौँ महाधिवेशनको कार्यतालिका तत्काल ल्याउनु पर्ने र विभागको संख्या बढाउँदा कम्तिमा ४० प्रतिशत हिस्सा चाहिने माग राखेपछि कांग्रेसमा विवाद भएको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast