मंगलवार, चैत्र २५, २०७६
    सार्क

    बेलायत चुनाव : भारतीय मूलका १५ सांसद बने, ३ जनाले जिते पहिलोपटक

    शनिबार, २८ मंसिर २०७६, -एजेन्सीहरु.

    लण्डन, २८ मंसिर । 
     

    हालै बेलायतमा सम्पन्न त्यहाँको आम चुनावमा भारतीय मूलका १५ जना सांसद बन्नेगरी चुनाव जितेका छन् । विगत १ सय २७ वर्षको इतिहासमा भारतीय मूलका बसोबासीको यो सबैभन्दा ठूलो जीत समेत हो ।

    जसअन्र्तगत प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरवेटिव दलमा ७ जना तथा उनका प्रमुख विरोधी दल लेबर पार्टीमा पनि बराबर ७ जना भारतीय मूलककाले सांसदमा जीत दर्ज गरेका हुन् । त्यस्तै एक सांसद भने लिबरल डेमोक्रेट्सबाट भारतीय मूलकाले जितेका छन् । 

    शुक्रवार घोषित चुनाव परिणाममा त्यहाँको हाउस अफ कमन्सको कुल ६५० मध्ये ३६५ सिटमा प्रम जोन्सनको दलले जीत हासिल गरेको थियो जुन भोट ३२६ मध्ये ३९ सिटले बढी हो ।  

    बेलायतमा झण्डै १५ लाख भारतीय मुलका नागरिक बसोबास गर्छन् । 

    सन् १८९२ सालमा पहिलोपटक भारतीय मूलका  दादाभाई नौरोजी  ब्रिटिश सांसद बनेका थिए भने यसअघिको चुनावमा १२ जना भारतीय मुलका सांसदमा निर्वाचित भएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast