सोमबार, माघ १३, २०७६
    बिदेश

    बेलायतमा सरकार गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा

    शुक्रबार, २७ मंसिर २०७६, -AFP/RSS/Aahakhabar.

    लण्डन, २७ मङ्सिर 

    बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ जानुभएको छ ।

    बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको दलले ३६४ सीट प्राप्त गर्न सफल भएको छ । 

    जोनसनको दलको जीतले बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जर्भेटिभ पार्टीलाई बृहत अवसर मिलेको छ  । 

    निर्वाचनमा ऐतिहासिक सफलता पाएपछि नयाँ सरकारको गठन प्रक्रियाका लागि आफ्नो पार्टीको जीतबारे महारानी एलिजावेथ द्वित्तीयलाई औपचारिकरूपमा जानकारी गराउन कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार राजदरबार पुग्नुभएको हो ।

    बेलायतको संसदीय निर्वाचनमा जोनसनको दल कन्जर्भेटिभ पार्टी सन् १९८० पछि भारी बहुमतका साथ विजय भएको छ । तत्कालिन प्रधानमन्त्री मार्गरेट थ्याचरको नेतृत्वको सरकारपछि कन्जर्भेटिभ पार्टीले अपार बहुमत पाएको छ । 

    जोनसनको दलको जीतले बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जर्भेटिभ पार्टीलाई बृहत अवसर मिलेको छ  । 

    तर यस पहिले भएका पटक पटकका प्रयासपछि पनि ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसकिएको दृष्टान्तलाई हेर्ने हो भने जोनसनलाई अबसरसँगै उत्तिकै चुनौती रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast