सोमबार, माघ १३, २०७६
    राज्य-समाज

    रुकुमपूर्वका हिमशृंखला सेताम्मे, हिम सुन्दरताले मोहनी

    शुक्रबार, २७ मंसिर २०७६, –सर्जना कार्की .

    रुकुमपूर्व, २७ मङ्सिर

    बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् ।

    प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् । 

    चार÷पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल  सेताम्मे देखिएका छन् । 

    हिमपात भएसँगै चिसो बढेको छ । चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल लाग्ने वित्तिकै फोनले काम गर्न छोड्छ ।  

    लामो समयपछि रुकुमपूर्वको उच्च हिमाली क्षेत्र सिस्ने र पुथा हिमाललगायत ती आसपासका क्षेत्रमा हिमपात भएको हो । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।
    हिमपातकै कारण लामो समयसम्म पत्थर मात्र देखिने हिमाल सेतै देखिएका छन् । तर जिल्लामा चिसो बढ्दा नागरिकको जनजीवनमा असर परेको छ । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।

    हिम सुन्दरताले मोहनी  

    बिहानी पखको झुल्के घामसँगै रुकुमपूर्वका अग्ला डाँडाबाट सुन्दर हिमशृंखलाले मोहनी लगाएका छन् । बिहीबार हिमपात हुँदा हिमालले मुस्कान दिइरहेका छन् । खडेरीको वेला सुख्खा देखिने यहाँका हिमाल आजभोली भने हिउँले निकै सुन्दर देखिएका छन् ।

    डाँडाकाँडामा हिमपात भएपछि निकै सुन्दर देखिन थालेका छन् । यहाँका हिउँले भरिएका सेता हिमालका चुचुरा नियाल्दा आनन्द मिल्ने गरेको छ । यहाँका स्थानीयवासीसँगै बाहिरबाट आएका आन्तरिक पर्यटक हिउँसँगै लुकामारी गरिरहेका छन् । यहाँका हिमशृंखलासँग स्थानीयवासी र बाहिरबाट आएका आन्तरिक पर्यटक चिसोलाई भुलेर पनि रमाइ रहेका छन् । हिउँले टलक्क टल्केका हिमालतर्फ मुस्कुराउँदै धेरैले सुन्दरताको बयान गर्ने गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast