सोमबार, माघ १३, २०७६
    बिदेश

    बेलायत आम निर्वाचन : कन्जर्वेटिभ पार्टीलाई पूर्ण बहमुत !

    शुक्रबार, २७ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, मंसिर २७

    बिहीबार स्थानीय समय अनुसार बिहान ७ बजेदेखि राति १० बजे सम्म बेलालयतमा मतदान भएको थियो । मतदान सकिएलगत्तै बिबिसी–स्काई–आइटिभीले एग्जिट पोल जारी गरे ।

    बेलालयतको आम चुनावमा कन्जर्वेटिभ पार्टीलार्ई एक पटक फेरि सत्तामै रहने अनुमान गरिएको छ। 

    त्यस अनुसार बोरिस जानसनको कन्जर्वेटिभ पार्टीलाई पूर्ण बहुमत मिल्ने देखिएको हो । एग्जिट पोलका अनुसार ६५० सिटको संसदमा कन्जर्वेटिभलाई ३६८, लेबर पार्टीलाई १९१ लिबरल डेमोक्रेट्स्लाई १३, एसएनपीलाई ५५ र ब्रेग्जिट पार्टीलाई शून्य सिट प्राप्त हुने देखिएको छ ।

    कन्जर्वेटिभ पार्टीलाई २०१७ को चुनावी नतिजा भन्दा ५० सिट बढी फाइदा हुने देखिएको छ। सरकार बनाउन कुनै पनि पार्टीलाई ३२६ सांसदको समर्थन चाहिन्छ ।

    आफ्नो पहिलो प्रतिक्रियामा प्रधानमन्त्रीले बोरिस जनसनले ट्विट गरेका छन् ‘ सम्पूर्ण देशवासीलाई ध्न्यवाद जसले मतदान गरे, पार्टीका लागि काम गरे, पार्टीको उम्मेदवार बने, हामी विश्वको सबैभन्दा महान लोकतन्त्रमा रहन्छौँ ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast