शनिबार, जेष्ठ १७, २०७७
    यातायात

    श्रीएयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान

    बुधबार, २५ मंसिर २०७६, आहाखबर
    काठमाडौँ, २५ मङ्सिर
     
    निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा आज परीक्षण उडान गरेको छ । श्रीले हालै भित्र्याएको ‘नाइन एन एएनफ क्यू–४००’ जहाजमार्फत परीक्षण उडान गरेको हो ।
     
    नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरलाइन्सका प्राविधिक टोलीसहित जनकपुर र सिमरामा सफल परीक्षण उडान गरिएको कम्पनीको संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणबाट उडान सेडुअल स्वीकृत भएपछि १५ दिनभित्र दुवै गन्तव्यमा नियमित उडान गरिनेछ । यात्रुको मागबमोजिम गन्तव्य विस्तार गरिएको र पोखरामा पनि छिट्टै उडान सञ्चालन गरिने प्रबन्धक मानन्धरको भनाइ थियो ।
     
    नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले आन्तरिक गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । निकट भविष्यमै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्ने कम्पनीको योजना छ । त्यसका निम्ति श्रीले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाइसकेको छ । अहिले नियामक प्राधिकरणको अनुमति कुरिरहेको छ ।
     
    श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई  सिआरजे ७०० गरी पाँच जहाज छन् । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast