बिहिवार, माघ ९, २०७६
    राज्य-समाज

    एकै दिन तीन पर्व परेकाले भोली सार्वजनिक विदा

    बुधबार, २५ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २५ मङ्सिर

    बिहिबार सरकारले देशभर सार्वजनिक विदा दिने भएको छ । भोली बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो ।

    हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

    धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् । 

    भोली पहाडी समुदायले पनि कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउने गर्छन् । यी तिन पर्व भोली एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast