आईतवार, आषाढ २८, २०७७
    मुभी-थिएटर

    विवादमा सलमान खानको ‘दबंग ३’

    बुधबार, २५ मंसिर २०७६, आहाखबर

    मुम्बई, मंसिर २५ । 

    बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ फिल्मको रिलिजअघि सनातन हिन्दुवादी संस्थाले बहिष्कारको घोषणा गरेको छ।

    हिन्दू जनजागृति समिति र बजरंग दलका अनुसार यस फिल्ममा साधुसन्तलाई गलत ढंगले प्रस्तुत गरिएको छ। उनीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै फिल्मको विरोधमा उत्रिएका थिए । ‘दबंग ३’ फिल्मको सुटिङको क्रममा यसलाई लिएर आन्दोलन भएको थियो । फिल्मको एउटा गीतमा साधुलाई गिटार बोकाइएको छ ।

    ‘अभिनेता सलमान खानले मुस्लिम धर्मका गुरुमाथि व्यंग्य गरेका छैनन्। उनले निर्माण गरेको फिल्ममा साधुलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिन्छ। उनले हिन्दु धर्मलाई हेर्ने नियत गलत भएकाले हामी उनको नयाँ फिल्म दबंग ३ बहिष्कार गर्छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘दबंग ३’ मा अभिनेता खानसहित सोनाक्षी सिन्हा र किचा सुदीप लगायतले अभिनय गरेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast