आईतवार, आषाढ २८, २०७७
    मुभी-थिएटर

    दीपकराज गिरीकाे कडा ब्यङ्ग्य : ‘डेटिङको लागि सुनसान ठाउँ चाहिए फिल्म हल जानुस्’

    सोमबार, २३ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २३ मङ्सिर 

    नेपाली हाँस्यक्षेत्रका मात्रै होइन नेपाल चलचित्र उद्योगका सफल व्यक्ति हुन्, दीपकराज गिरी । निर्माता, कलाकार दीपकराज गिरीले नेपाली चलचित्रमा पछिल्लो समय आएको सङ्कटलाई व्यङ्ग्य गरेका छन् । गिरीले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै पछिल्लो समय नेपाली फिल्मको कमजोर प्रदर्शन र हलको अवस्थालाई उजागर गरेका छन् ।

    उनले आफ्नो स्ट्याटसमा ‘केटा केटीहरू ‘डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? आजकल जुनसुकै फिल्म हलमा गए पनि हुन्छ‘ । हरिबिजोग डटकम !’लेखेका छन् ।

    जेठबाट खस्किएको नेपाली चलचित्रको बजार असोज अन्तिम साता प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ले माथि उठाएको थियो । फेरी त्यस पछि नेपाली चलचित्रको व्यापार ओरालो लाग्ने क्रममै छ । आस गरिएका केही चलचित्रले पनि हलसम्म दर्शक तान्न सकेनन् ।

    नेपाली फिल्ममा ह्याट्रिक मार्न सफल सफल फिल्म ‘छक्का पन्जा सिरिज’ र ‘छ माया छपक्कै’मा निर्माता, कलाकार दीपकराज गिरीले गरेको व्यङ्ग्यलाई कतिपयले सहमती जनाएपनि धेरैले चलचित्रलाई मात्र माथि उठाउन खोज्ने र अरूलाई कमजोर देखाउन खोज्ने आरोप पनि लगाएका छन् ।नेपाली चलचित्रको पछिल्ला वर्षको समिक्षा गर्ने हो भनेपनि एकाध फिल्म बाहेक स्थिती सन्तोषजनक देखिँदैन । 

    अधिकांश फिल्महरुले लगानी समेत उठाउन सकिरहेका छैनन् ।यस्तै अवस्था आइरहे नेपाली चलचित्र निर्माता निर्देशकहरु फिल्मी क्षेत्रबाटै पलायन नहोलान् भन्न सकिँदैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast