बिहिवार, माघ ९, २०७६
    अावास-निर्माण

    नारायणगढ–बुटवल सडकखण्ड समयमै सकिन्छ : मन्त्री नेम्वाङ

    आईतवार, २२ मंसिर २०७६, आहाखबर
    (फाईल तस्बिर)

    कावासोती, २२ मङ्सिर

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड समयमा नै सक्ने गरी अगाडि बढ्ने बताउनुभएको छ । 

    उहाँले पूर्वपश्चिम राजमार्ग विस्तारको पहिलो खण्डका रुपमा रहेको नारायणगढ– बुटवल सडकखण्डलाई विषेश प्राथामिकता दिएर निर्माणको काम समयमा नै सक्ने गरी कार्य अगाडि बढाउने बताउनुभयो । नवलपरासी पूर्वनवलपुरको सदरमुकाम निर्माणस्थलको अवलोकनका क्रममा मन्त्री नेम्वाङले योजनाले गति लिन केही ढिलाइ भएको भए पनि अब द्रुतगतिमा निर्माणको काम अगाडि बढ्ने जानकारी गराउनुभयो  । 

    रुख कटान  लगायतका केही समस्याले गर्दा कामले गति लिन नसकेको भए पनि सबै समस्या सकिएकाले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम दु्रत गतिमा अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई समेत काम द्रुत गतिमा सञ्चालन गर्नका लागि निर्देशन दिएको जानकारी दिनुभयो । 

    सदरमुकाम निर्माणस्थलमा कार्यालय निर्माणमा बजेटको अभाव नभएको तर डिपिआर तयार गर्न ढिला हुँदा काम अगाडि बढ्न नसकेको सांसद तिलक महतले बताउनुभयो । डिपिआर बनाउने काम अन्तिम चरणमा रहेकाले चाँडै नमुना सदरमुकाम निर्माणको काम अगाडि बढ्ने उहाँले जानकारी गराउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast