बिहिवार, माघ ९, २०७६
    राज्य-समाज

    नेकपा सचिवालय बैठक सोमबार बस्दै, कस्तो आउला तल्लो कमिटीबाट चुनावी समीक्षा ?

    आईतवार, २२ मंसिर २०७६, आहाखबर

    काठमाडौं, २२ मंसिर । 

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  अर्थात नेकपाको सचिवालय बैठक यही सोमबार बस्ने गरी तयारी  सुरु भएको छ ।

    प्रधानमन्त्री ओलीको अनुपस्थितमा बसेको यसअघिको सचिवालय बैठकमा पराजयको कारणबारे छलफल भएकाु थियो । सो उपनिर्वाचनमा नेकपाले जितिसकेका धरान र भक्तपुर गुमाएपछि १८ मंसिरमा सचिवालय बैठक बसेको हो । 

    यसअघि उसले पार्टीका तल्लो कमिटीलाई गत १४ गते सम्पन्न उपनिर्वाचनको परिणाम बारे समीक्षा प्रतिवेदन मागेको थियो । 

    निर्वाचन समीक्षको साथसाथै सोमबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे समेत छलफल गर्ने जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast