बिहिवार, माघ ९, २०७६
    खेल संसार

    तेह्रौँ साग : १ सय ६ स्वर्णसहित भारतको अग्रता कायमै

    शनिबार, २१ मंसिर २०७६, आहाखबर
    काठमाडौँ, २१ मङ्सिर
     
    तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।  आज शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ । 
     
    यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् । 
     
    नेपालले आज म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जित्नुभएको हो । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जित्नुभएको थियो । यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जित्नुभएको हो । उहाँले बङ्गलादेशका खेलाडीलाई पराजित गर्नुभयो । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।
     
    साग पदक तालिका ः
     
    देश स्वर्ण कास्य रजत जम्मा
    भारत १०६ ६९ ३५ २१०
    नेपाल ४३ ३३ ६२ १३८
    श्रीलङ्का ३० ५४ ८३ १६७
    पाकिस्तान २१ १८ ३४ ८३
    बङ्गलादेश ७ २२ ५४ ८३
    माल्दिभ्स १ ० २ ३
    भूटान ० ० ६ ६
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast