मंगलवार, माघ १४, २०७६
    खेल संसार

    महिला क्रिकेटमा नेपाललाई काश्य कदक

    शनिबार, २१ मंसिर २०७६, आहाखबर

    काठमाडौं, २१ मङ्सिर । 

    १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ । नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ ।

    पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।


    नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

    यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २-२ विकेट लिएकी छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast