बिहिवार, माघ ९, २०७६
    राज्य-समाज

    सामुद्रिक चक्रवात पवनको प्रभावले देशभर बदली

    शनिबार, २१ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २१ मङ्सिर 

    हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । 

    अरब सागरमा रहेको सामुद्रिक चक्रवात पवनको प्रभाव नेपालमा पनि देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । पवनकै कारण नेपालमा बदली भएको मौसमविदले बताएका छन् ।

    शनिबार दिनभर पनि देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

    राति भने मौसम केही सफा हुनेछ । राति मध्य र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

    पवनको प्रभाव मध्य हुँदै पूर्वी क्षेत्रमा सर्दै गएको जानकारी छ । यसका कारण दिनभर आंशिक बदली भए पनि ठूलो प्रभाव भने नपर्ने जानकारी छ ।

    अधिकतम तापक्रम घट्दै जाने क्रम जारी रहेकाले देशभर जाडो बढिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast