मंगलवार, कार्तिक ५, २०७६
    लाइफस्टाइल

    चेम्बरका युवा उद्यमीहरुले टुहुरा बालबालिकालाई देखाए चलचित्र

    शनिबार, २७ चैत्र २०७२, आहाखबर

    ललितपुर । नेपाल चेम्बर अफ कमर्शको युवा समितिको आयोजनामा शनिबार टुहुरा बालबालिकालाई शनिबार गुण चलचित्र हलमा ‘नाई नभन्नु ल–४’ देखाएको छ । 

    जोय फाउण्डेशनले स्थापना गरेको इमाडोलस्थित सामुदायिक बालउद्दार केन्द्र (सीसीआरसी)मा आश्रय लिइरहेका बालबालिकामध्ये २० जनालाई युवा उद्यमीहरुले चलचित्र देखाएर मनोरञ्जन गराउनुका साथै भोजनसमेत गराए । 

    युवा समितिका एक सदस्य स्कन्द अमात्यले व्यवसायबाहेक समाजप्रति पनि आफूहरुको दायित्व भएकोले टुहुरा बालबालिकालाई चलचित्र देखाएको बताए । उनले चेम्बरका साथै आफ्नो व्यवसायिक प्रतिष्ठानमार्फत पनि यस किसिमका संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) निर्वाह गर्ने थुप्रै योजना रहेको बताए । 

    सहाराविहीन भई एउटा संस्थाको आश्रयमा अध्ययन गरिरहेका बालबालिकालाई उत्साह जगाउन चलचित्र देखाएको भन्दै उनले उनीहरुले शिक्षा र आत्मबल जगाउन र बाहिरी समाजसँग बढी घुलमिल गराउन पनि सहयोग गर्ने बताए । 

    युवा समितिका अर्का सदस्य रिशवमान सिंहले गत वर्षको विनाशकारी भूकम्पपछि चेम्बरको नेतृत्वमा आफूहरुले थुप्रै उद्दार र सेवाका कार्यहरु गरेको बताए । उनले आफूहरुको उद्देश्य भनेको उद्यमी बन्न चाहने नेपाली तथा नेपालमा लगानी गर्न इच्छुक विदेशीलाई पुलको रुपमा सहयोग गर्नु रहेको बताए । 

    नेपालमा काम गर्न खोज्नेलाई कसरी काम सुरु गर्ने ?  कसरी बजारमा जाने ? सरकारी प्रक्रिया र जटिलता के के छ ? भन्ने जस्ता अन्योलता हुन्छन । त्यस्तोमा चेम्बरको युवा समितिले सहजीकरण गरिदिन्छ, सिंहले भने । सुचनाको ग्यापका कारण पनि उद्यमशीलतामा लाग्न चाहनेलाई अप्यारो भइरहेको उनलेका भनाई थियो । 

    युवा समितिका अर्को सदस्य सचेन्द्र प्रधानाङ्गले नेपालमा असफल भनेर बाहिर गएको एउटा युवा बाहिर सफल हुने परिस्थति रहेको भन्दै यस्तो परिस्थिति अन्त्य गर्न पनि युवाहरुलाई प्रोत्साहन र बाताबरणको जरुरी रहेको बताए । उनले आफूहरुले अनौपचारिकरुपमा थुप्रै काम गरे पनि सार्वजनिक नगरेको भन्दै भूकम्प पछिको पुनर्निर्माणमा पनि सहयोग गर्न कुरा भइरहेको बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast