बिहिवार, माघ ९, २०७६
    ओएमजी Omg!

    जङ्गली हात्तीले दुः ख दिएपछि झापालीहरु रातभर नसुती जाग्राम

    शुक्रबार, २० मंसिर २०७६, आहाखबर

    भद्रपुर, २० मङ्सिर । 

    झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन्  ।
     
    वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट  एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र  घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिनुभयो । 

     

    यसैगरी वडा नं १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताउनुभयो । उहाँले भन्नुभयो “ दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ,”
     
    डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र  जङ्गल नजिकै बासिन्दालाई टर्चलाइट बाँड्नेलगायतका काम गरेको जनाएको छ । 

    कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार झापाका विभिन्न जङ्गलमा रहेका १३ रैथाने हात्तीले गाउँमा पसेर स्थानीयवासीलाई दुःख दिन थालेको बताउनुभयो । उहाँले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको जानकारी दिनुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast