बिहिवार, माघ ९, २०७६
    खेल संसार

    १३औँ साग : ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण, कास्य पनि नेपालकै

    शुक्रबार, २० मंसिर २०७६, आहाखबर

    काठमाडौं, २० मंसिर । 

    शुक्रवार बिहान सम्पन्न  ५,००० मिटर दौडमा गोपीचन्द पार्कीले जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३७ पुगेको छ। पदकतालिकामा नेपाल दोस्रो स्थानमा छ भने भारत पहिलो छ । 

     

    ५,००० मिटर दौडमा पार्कीले १४ मिनेट ५४ दशमलव २० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी सुनिल दावाले दोश्रो हुँदै रजत जिते । दावाले १४ मिनेट ५५ दशमलव २१ मा दौड पूरा गरे।

     

    त्यस्तै यसै प्रतिश्पर्धामा नेपालकै हरि रिमालले १४ मिनेट ५७ दशमलव ०५ सेकेन्डमा पूरा गर्दै तेश्रो भएर काश्य पदक जिते।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast