बिहिवार, माघ ९, २०७६
    लाइफस्टाइल

    एक्छिन्, मुख धुने पनि तरिका हुन्छ !

    शुक्रबार, २० मंसिर २०७६, आहाखबर

    काठमाडौँ,  २० मङ्सिर । 

    जहिलेपनि मुख धुँदा साबुन अथवा अन्य पदार्थले नधुनु होस् किनकी अनुहारको छाला अन्य अंगको भन्दा संवेदनशील मानिन्छ । सकेसम्म राम्रो फेसवासले अनुहार धुनुहोस् । आफ्नो छाला अनुसार तपाईंले फेसवास प्रयोग गर्नुपर्छ ।

    यदि तपाईंको छाला सुख्खा छ भने यस्तो फेसवास प्रयोग गर्नुहोस् जसले तपाईंको अनुहारको छालालाई आद्रता र अखण्ड बनाइराख्नेछ । सुख्खा छालाको लागि तपाईंले मह र केसर मिलेर बनेको फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    यदि तपाईंको अनुहारको छाला चिल्लो छ भने आँप तथा एलोभिरा वा निमयुक्त फेसवासले मुख धुनुपर्छ । यदि तपाईंको अनुहारको छाला मरेको छ भने स्क्रब फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    मुख धुँदै गर्दा तपाईंले धेरै तातो तथा चिसो पानीको प्रयाग नगर्नुहोस् । यसले तपाईंको अनुहारको छालामा नराम्रो असर गर्छ । ताजापानी वा मनतातो पानीले अनुहार धुनुहोस् ।

    यदि तपाईं मेकअफ गरेपछि मुख धुँदै हुनुहुन्छ भने पहिले मेकअपलाई हटाउनुहोस्, त्यसपछि अनुहारलाई पुछ्नुहोस् । 

    अनुहारलाई धेरै नरगट्नुहोस् । हातले हल्का मात्रै छालालाई रगट्नुहोस् । यसले गर्दा छाला सुख्खा हुँदैन । मुख धोएपछि अनुहारलाई विस्तारै मात्रै पुछ्नुहोस् । दिनको दुई पटक फेसवासले मुख धुँदा अनुहारमा चमक आउँछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast