बिहिवार, माघ ९, २०७६
    ब्राण्ड/संगठन

    बिक्रीवितरणमा अमेरिकाले कडाइ गरेपछि हुवावेले हाल्यो मुद्दा

    शुक्रबार, २० मंसिर २०७६, आहाखबर

    एजेन्सी, २० मङ्सिर

    आफ्ना उपकरणको बिक्रीवितरणमा अमेरिकाले कडाइ गरेपछि हुवावेले न्यू ओर्लियान्समा मुद्दा हालेको सिएनएनले जनाएको छ । 

    अमेरिकाको संघीय सञ्चार आयोगले हुवावेका उपकरणमार्फत् जासुसी भएको भन्दै नयाँ नीति ल्याएर हुवावेमाथि अझै कडाइ गरेको हो । 

    संसारकै ठूलो टेलिकम्युनिकेसन उपकरण निर्माता कम्पनी हुवावे स्मार्टफोनको बजारमा पनि अग्रणी स्थानमा छ । तर पछिल्लो समय अमेरिकाकै कडाइका कारण हुवावे स्मार्टफोनको बजारमा ठूलो असर परेको छ । हुवावेलाई गुगल, इन्टेल लगायत अमेरिकी कम्पनीले साथ नदिने भएपछि उसले आफ्नै अपरेटिङ सिस्टम बनाउँदै छ । 

    अमेरिकाको नयाँ नीतिअनुसार अमेरिकी नागरिकले सरकारी अनुदान लिएर हुवावेका कुनै पनि उपकरण किन्न पाउने छैनन् । आफ्ना उत्पादनको बजारमा रोक लगाएको भन्दै हुवावेले मुद्दा हालेको हो ।


    हुवावेका प्रमुख कानुनी अधिकृत सङ लुइपिङले पत्रकार सम्मेलनमा अमेरिकी आयोगका अध्यक्ष अजित पाइले हुवावेलाई चिनियाँ कम्पनी भएकाले लक्षित गरेको आरोप लगाएका छन्।

    'हामी चिनियाँ कम्पनी भएकाले उनीहरूले हामीमाथि कडाइ गरेका हुन्,' सङले भनेका छन्, 'हुवावेको डर बढाउन चाहेका छन् उनले। तर यो डरका पछाडि कुनै प्रमाण छैन ।'

    हुवावेले आयोगको नयाँ नीति गैरकानुनी भएको र हुवावेले अमेरिकाको सुरक्षामा असर पारेको भन्ने कुरामा कुनै प्रमाण नरहेको बताएको छ । अमेरिकी सरकारलाई पनि कम्पनीले यही भनेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast