सोमबार, माघ १३, २०७६
    खेल संसार

    तेह्रौँ सागअन्तर्गत आर्चरी खेल शुरु

    बिहिवार, १९ मंसिर २०७६, आहाखबर

    चिप्लेढुङ्गा, १९ मङ्सिर

    पोखरामा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि आज उक्त खेलको उद्घाटनसहित अभ्यास खेल शुरु भएको हो । 

    पाकिस्तानले अन्तिम अवस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नभएपछि आज अभ्यास (वामअफ) खेल भएको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताउनुभयो । मङ्सिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औँ साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीले गर्नुभयो । 

    आजदेखि र्याङकिङ राउण्ड शुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकाले शुक्रबारदेखि र्याङकिङ राउण्ड शुरु हुने भएको सङ्घका वरिष्ठ उपाध्यक्ष थकालीले बतानुभयो । प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का र बङ्गलादेश सहभागी भएका छन् । भुटानका नौ जना खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् भने अन्य तीन देशका १६÷१६ खेलाडी सहभागी हुने भएका छन् । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ खेलाडी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । यस प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले ¥याङकिङ गर्ने भएको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast