बिहिवार, माघ ९, २०७६
    राज्य-समाज

    मेलम्चीको पानी काठमाडौँ आउन अझै एक वर्ष लाग्ने

    बिहिवार, १९ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १९ मङ्सिर

    मेलम्चीको पानी काठमाडौँ आइपुग्न अझै एक वर्ष लाग्ने भएको छ । अघिल्लो वर्ष पुसमा इटालियन ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजना छोडेपछि बाँकी काम पूरा गर्न चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइएको र काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने देखिएको खानेपानी मन्त्रालयले जनाएको छ । सो कम्पनीसँग गत असोजमा १५ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो ।  

    खानेपानी सचिव माधव बेल्वासेले एक वर्षभित्रमा मेलम्चीको बाँकी काम सकी काठमाडौँबासीलाई खानेपानी उपलब्ध गराउने गरी काम अघि बढेको उल्लेख गरे । 

    मेलम्चीबाट ल्याइने दैनिक १७ करोड लिटर पानीले काठमाडौं उपत्यकाका झन्डै १ लाख ५८ हजार परिवारलाई अर्थात १३ लाख बासिन्दाका लागि वितरण गरिनेछ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast