मंगलवार, माघ १४, २०७६
    खेल संसार

    दक्षिण एसियाली खेलकुद : नेपाललाई सक्षम कार्कीले दिलाए १०० औं स्वर्ण

    बुधबार, १८ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १८ मङ्सिर

    १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।

    दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत अहिलेसम्मका संस्करणमा गरी नेपालले १०० स्वर्ण पदक पूरा गरेको हो  ।

    सन् १९८४ मा पहिलोपटक नेपालबाटै शुरु भएको सागमा नेपालले तस्रो पटक १३ औं संस्करणको आयोजना गर्दा १०० पदक पूरा गरेको हो ।

    सागको १२ औं संस्करणसम्म नेपालले ७१ स्वर्ण पदक आफ्नो नाममा दर्ज गरिसकेको थियो । नेपालले यसपटकको १३ औं सागमा मात्रै २९ स्वर्ण पदक प्राप्त गरेको छ ।दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast