सोमबार, माघ १३, २०७६
    स्वास्थ्य

    जाडोमा दही खानुको फाईदा यस्तो

    मंगलवार, १७ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १७ मङ्सिर 

    जाडो मौसममा धेरै मानिसले दहीलाई खान रोक लगाउने गरेका छन् । कसैले दही खाँदा चिसो लाग्छ भनेर खादैनन् त कोही घरबाट बन्देज भएकाले खान छोड्छन । तर जाडोमा दही खाँदाको फाईदा नै फाईदा छ भन्ने धेरैलाई थाहा नहोला ।

    दहीमा पाईने लैक्टोबैसिलसले जाडो मौसममा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउछ । त्यस्तै श्वासको रोग अर्थात अस्थमा जस्तो रोग हुनेलाई पनि दही सेवनले फाइदा पुर्याउनेछ । जाडो मौसममा दही खाँदा चिसो हुने हुँदा घाममा बसेर सेवन गर्न सकिन्छ । बेलुकीको समय भने दही खाँदा चिसो लाग्न सक्छ त्यसैले दिउँसो घाममा खान चिकित्सकहरु सल्लाह दिन्छन् । दहिमा भिटामिन र प्रोटिन पनि भरपुर हुने गर्दा अरु धेरै फाईदाहरु छन् । 

     

    भिटामिन र प्रोटिन भरपुर 

    दहीमा लैक्टोबैसिलस नामको गुड बैक्टीरिया पाउँछ जसले तपाईको शरीरमा भएको ब्याड बैक्टीरियालाई नष्ट गर्न सहयोग पुर्याउछ । त्यस्तै दहीलाई भिटामिन, पोटाशियम, मैग्नीशियम र प्रोटिनको भरपुर श्रोत मानिन्छ । सुन्तलामा जस्तै दहीमा पनि भिटामिन सी पाउछ । त्यस्तै दही सेवन गर्दा आफ्नो इम्यून सिस्टमलाई दह्रो बनाउन सहयोग गर्छ जसले गर्दा रुघा खोकीमा बच्न मद्दत पुर्याउछ ।

     

    शरीर को पी एच लेवल लाई फाइदा

    दहीले शरीरको पी.एच लेवललाई संतुलत बनाई राख्छ । यदि तपाईलाइ खाना खाएपछि एसिडिटी हुने वा खाना पचाउन गाह्रो  हुने गरेको छ भने खाना खानु अघि २ घण्टा अघि दही सेवन गर्ने गर्नुहोस । दहीले भोक लाग्न मद्दत पुर्याउछ ।

     

    मजबुत हड्डी

    दहीमा कैल्शियम भरपुर हुने गर्दा शरीरको हड्डी मजबुत बनाउन सहयोग पुर्याउछ । डाइटिङ्गमा रहनेहरुलाई पनि दही सेवन गर्नु राम्रो हुन्छ । दही सेवनले तपाइँको पेट भरिएको अनुभूति हुँदा तौलमा कंट्रोल गर्न मद्दत गर्दछ । 

     

    स्किन र कपाल लाई फाईदा

    दहीको सेवनले गर्दा स्किन र कपाललाई फाइदा हुने चिकित्सकहरुले बताएका छन् । 

    दहीले तपाईको स्किनमा चमक आउने छ साथै तपाईलाइ स्वच्छ रहन पनि मद्दत गर्ने छ । कपालमा डेण्ड्रफ़बाट छुट्कारा पाउन पनि दही प्रयोग गर्न सक्नु हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast