सोमबार, माघ १३, २०७६
    खेल संसार

    साग फुटबल : भुटानविरुद्ध नेपाल ४-० ले विजयी

    मंगलवार, १७ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १७ मङ्सिर 

    १३ औ साग अन्तर्गतको फुटबलमा नेपालले भुटानलाई ४–० ले पछाडि पारेको छ ।नेपालले कप्तान सुजल श्रेष्ठको गोलमा पाँचौ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफसम्म १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो।

    कप्तान सुजलले दोस्रो हाफमा ५० औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका थिए ।यस्तै अभिषेक रिजालले ६४ औँ र मिक्चेन तामाङले ७६ औँ मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । नेपालले एक खेलबाट तीन अंक जोडेको छ ।

    भुटानले पहिलो खेलमा सोमबार बंगलादेशलाई हराएको थियो। नेपालले समूहको दोस्रो खेलमा बुधबार श्रीलंका, शनिबार मालदिभ्स र मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोबिनपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि भिड्नेछन् । प्रतियोगितामा भारत र पाकिस्तान सहभागी छैनन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast