एजेन्सी, १७ मङ्सिर
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् ।
अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड अर्जेन्टिनाका मेस्सीले जितेका हुन् ।
मेस्सी २०१९ को उत्कृष्ट खेलाडी बन्ने क्रममा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
अवार्ड जितेसँगै मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बने । मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।
महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।
मेस्सीले अवार्ड जितेपछि भनेका छन् , ‘आज मैले छैटौँ बालोन डी’ओर जितेँ । यो विलकुल फरक क्षण हो, यो समय मेरा सन्तान र परिवारसँग बिताउने छु ।’
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com