बुधबार, मंसिर २५, २०७६
    राज्य-समाज

    प्रचण्डको चीन भ्रमण रद्द हुनुको कारण यस्तो छ

    सोमबार, १६ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १६ मङ्सिर 

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ ।

    आगामी मंसीर २४ गते तीन दिने चीन भ्रमणमा निस्कने योजनासहित त्यसबारे सार्वजनिक रुपमै जानकारी गराएका दाहालले उपचारार्थ अस्पताल भर्ना भएका पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको ‘डिस्चार्ज’ मिति घोषणा नगरिएको र हालै पार्टी सञ्चालनको कार्यकारी अधिकार पाएको अवस्थामा विदेश भ्रमण उचित नहुने ठहरका साथ चीन भ्रमणबाट पछि हटेका हुन।

    दाहालले वाङलाई आफू विशेष कारणबस पूर्वघोषित मितिमा चीन भ्रमण गर्न नसकेको जानकारी गराएको बुझिएको छ।

    चिकित्सकहरुले अझै कम्तीमा एक साता ओली अस्पतालमै रहनु पर्ने र १० दिनपछि काममा फर्कन मिल्नेबारे तीन दिन अघि जानकारी गराएका थिए।

    पार्टी सञ्चालनको कार्यकारी अधिकार पाएको पहिलो पटक प्रचण्डले बैठक बोलाउने लगायत काम कसरी गर्लान भन्ने चासो पार्टी पंक्तिमा बढेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast