बुधबार, आषाढ २४, २०७७
    मुभी-थिएटर

    ‘चपली हाइट ३’ मा यस्तो गेटअपमा इन्ट्री भए अर्पण

    सोमबार, १६ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १६ मङ्सिर

    निकेश खड्काले निर्देशन गरिरहेको चलचित्र ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापा अनुबन्ध भएका छन् । 

    यतिबेला छायांकनको क्रममा रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश गौतम, आमिर गौतम लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिनेछ ।

    अर्पणको भूमिका भने खलनायकको भएको उनको गेटअपबाट अनुमान गर्न सकिन्छ । यसै वर्षको चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई पुरुषोत्तम प्रधानले क्यामेरामा उतारिरहेका छन् । यसअघि फिल्मका दुई भाग प्रदर्शन भइसकेका छन् । पहिलो भाग व्यावसायिक रुपमा सफल भए पनि दोस्रो भाग भने खासै सफल बन्न सकेन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast