मंगलवार, आषाढ ३०, २०७७
    मुभी-थिएटर

    फिल्म 'सम्झना बिर्सना'मा पूजा र आकाशसँगै छुल्ठिम

    आईतवार, १५ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १५ मङ्सिर

    चलचित्र 'सम्झना बिर्सना'मा अभिनेत्री छुल्ठीम गुरुङ्गको प्रवेश भएको छ । छायांकन शुरु भइसकेको यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको छ। 

    साथै फिल्ममा छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको फिल्ममा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेल लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

    आदित्य फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्म 'सम्झना बिर्सना'मा शिव ढकालको छायांकन रहेको छ । यसअघि पूजा र आकाशले फिल्म 'पोई पर्‍यो काले'मा अभिनय गरेका थिए ।

    तर 'पोई पर्‍यो काले' व्यापारिक रुपमा सफल भएन् । साथै पूजा र आकाश अभिनित फिल्म 'सम्हालिन्छ कहिले मन' पनि प्रदर्शनको तयारिमा रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast