बिहिवार, माघ ९, २०७६
    सावधान

    घुस लिएको अभियोगमा पक्राउ

    शुक्रबार, १३ मंसिर २०७६, आहाखबर

    धनगढी, १३ मङ्सिर

    शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनीयर त्रिलोक जोशीलाई आज घुस रकमसहित पक्राउ गरिएको छ ।

    ठेक्काको काममा कमिशन मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले इन्जिनीयर जोशीलाई रु दुई लाख ५० हजार घुससहित पक्राउ गरेको सो कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast