बुधबार, मंसिर २५, २०७६
    पर्यटन समाचार

    उपराष्ट्रपति पुनद्वारा नुवाकोट लगायतका पर्यटकीयस्थलको भ्रमण

    शुक्रबार, १३ मंसिर २०७६, आहाखबर
    फाइल फोटो
    बेत्रावती, १३ मङ्सिर । 
     
    उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । 
     
    काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभएको हो ।
     
    अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घारवस ९होमस्टे० सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताउनुभयो । उहाँले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिनुभयो । 
     
    सुन्दरीजल हँुदै चिसापानी आउने क्रममा उहाँले सुन्दरीजलस्थित  विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । सो क्रममा उहाँले बिपी र गणेशमानको जेल जीवन, उहाँहरुले प्रयोग गर्नुभएका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको सङ्घर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गर्नुभएको थियो । 
     
    उपराष्ट्रपति पुनले वाग्मती सुधार आयोजनाको पनि अवलोकन गर्नुभयो ।
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast