बिहिवार, चैत्र २०, २०७६
    बैंक-बीमा

    बैंकबाट ऋण लिदा जान्नैपर्ने यी ५ कुरा

    बिहिवार, १२ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १२ मङ्सिर 

    आफ्नो आवश्यकता परिपुर्ति गर्नको लागी साना तथा ठुला प्रयोजनाका व्यक्ति तथा बैंकहरुबाट ऋण लिने गरिन्छ ।

    आफ्नो आवश्यकता परिपुर्ति गर्नको लागी तपाइ हामी सबैले अरुबाट ऋण लिने गरेका छौ । ऋण साना तथा ठुला प्रयोजनाका व्यक्ति तथा बैंकहरुबाट लिइने गरिन्छ । कुनै काम गर्नको लागी आफुसँग पैसा नपुग भएको अबस्थामा बैंक तथा वित्तिय संस्था साथै कुनै व्यक्तिबाट सापटी लिइने गरिन्छ । 

    बैंकबाट ऋण लिनु आफैमा नराम्रो होइन । तर लिइएको ऋणको राम्रो सदुपयोग गर्न नसकिएमा त्यसले भविष्यमा आर्थिक रुपमा संकट निम्त्याउने गर्दछ । अरुबाट लिएको ऋण मार्फत नै व्यबसाय गरि करोडौ आम्दानी गरेको साथै ऋणको राम्रो सदुपयोग गर्न नजान्दा करोडपतिबाट सडकपतिमा आएको प्रशस्त उदाहरणहरु रहेका छन् । 

    त्यसैले बैंकबाट ऋण लिँदा अपनाउनुहोस यस्ता उपाय :

    - सर्वप्रथम कुन प्रयोजनको लागी के के शिर्षकमा कति खर्च गर्ने हो समग्र खर्चको विवरण बनाउनुपर्दछ,

    - आफूले लगानी गर्न लागेको क्षेत्रको बारेमा विस्तृत अध्ययन गरि भविष्यमा कति आम्दानी गर्न सकिन्छ त्यसको मुल्यांकन तयार बनाउनुहोस्,

    - कुन बैंक तथा वित्तिय संस्थाबाट ऋण लिँदा सस्तो,सरल व्याज तथा कम झन्झटिलो हुन्छ त्यसको बारेमा अध्ययन गर्नुहोस्,

    - ऋण लिनुभन्दा पहिले तपाइले व्यबसायीक योजना बनाउनुभएको हुनुपर्दछ । यसरी योजना बनाउदा आफुलाइ  आवश्यक पर्ने भन्दा बढि ऋण नलिनुहोस । बढि ऋण लिँदा बढि नै व्याजदर पर्ने हुन्छ ।

    - तपाइले ऋण जुन प्रयोजनको लागी लिनुभएको त्यसैको लागी खर्च गर्नुहोस ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast