बुधबार, मंसिर २५, २०७६
    कला-सौन्दर्य

    चलचित्र निर्माता छविराज ओझाको मुद्दामा आज सुनुवाई हुँदै

    बिहिवार, १२ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १२ मङ्सिर 

    चलचित्र निर्माता छविराज ओझाको मुद्दामा आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा ओझाको मुद्दा बिहहीबार सुनुवाईका लागि पेशीमा राखिएको छ ।

    गत साउन ५ गते ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा उनकी पत्नी हेमा ओझाले जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौंले ओझासहित उनकी पत्नी शिल्पा पोखरेलविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो । त्यसलगत्तै ओझा उच्च अदालत पाटन पुगेका थिए । 

    तर, उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरिदिएपछि उनी उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै मंसिर १० गते सर्वोच्च अदालत पुगेका हुन् । यसअघि सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलाशले उनीहरुलाई तत्काल नपक्रन अल्पकालीन आदेश जारी गरेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast