आईतवार, माघ १२, २०७६
    सावधान

    प्रचण्ड र बामदेव बोल्नु अघि चुनावीसभा नजिकै शक्तिशाली बम विस्फोट

    बुधबार, ११ मंसिर २०७६, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, ११ मङ्सिर 

    पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको छ । 

    उक्त सभामा  प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

    दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्‍न भएको थियो । पछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा स‌ंचालन भइरहेको छ । अहिले नेकपाका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहेका छन् ।

    विस्फोटमा ठूलो आवाज आएपनि प्रहरीले कस्तो खालको वम विस्फोट गराइएको बारे केही जानकारी दिएको छैन। विस्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast