बुधबार, आषाढ २४, २०७७
    मुभी-थिएटर

    ‘प्रेमगीत ३’ सँग अर्जुन कुमारको ‘चपली हाइट ३’ भिड्ने

    मंगलवार, १० मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १० मङ्सिर 

    दुवै चलचित्रले यो वर्षको अन्तिम डेट चैत्र २८ गते शुक्रबार रिलिज मिति जुर्याएपछि अब  बक्सअफिसमा ‘चपली हाइट ३’ को ‘प्रेमगीत ३’ सँग भिडन्त हुने भएको छ । 

    आज फिल्मकोे रिलिज मिती घोषणा गदै निर्माता अर्जुन कुमारले उक्त जानकारी दिएका हुन् । उहाँका अनुसार ६ महिना अघि नै फिल्मको रिलिज मिति तोकिएपनि छायाकंनमा ढिलाई भएकाले घोषणा नगरिएको बताए ।

    अब फिल्म चैत २८ गते नै रिलिज हुनेछ । यो फिल्मलाई ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् । गएको ५ दिनदेखि छायाकंन सुरु भएको फिल्मको एक महिनाको शूटिङ सेड्यूल छुट्याइएको छ ।

    फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहने छ । यो फिल्म यसअघि २ सिरिजभन्दा फरक कथामा बन्न लागेको छ । 

    यो फिल्मबाट नायकद्धोय महेश त्रिपाटी र प्रतिक श्रेष्ठले डेब्यू गदैछन् । यसअघि नै नाम नै ब्रान्ड बनिसकेको फिल्ममा काम गर्न पाउदाँ सबै कलाकार निकै खुसी छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast