बिहिवार, माघ ९, २०७६
    स्वास्थ्य

    मस्तिष्कको स्वास्थ्यका लागि खानुहोस् यी खानेकुरा

    मंगलवार, १० मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १० मङ्सिर 

    मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ । मानिसलाई बुद्धिमान तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो । मस्तिष्क मानिसको ‘मेमोरी बैंक’ हो । 

    मस्तिष्कको स्वास्थ्यका लागि हाम्रो दैनिक आहार विहारको ठूलो भूमिका हुन्छ । स्मरणशक्ति बढाउन विभिन्न खाद्य पदार्थ उपयोगी हुन्छन् । त्यस्ता केही पोषिला वस्तुबारे चर्चा गरौं:

     

    ब्रोकाउली

    यदि कसैको स्मरणशक्ति कमजोर छ भने उनीहरुले आफ्नो आहारामा ब्रोकाउली समेट्नु फाइदाजनक हुन्छ । मस्तिष्कको क्षमता बढाउन ब्रोकाउली पौष्टिक मानिन्छ । 

    यसमा भिटामिन, मिनरल र एन्टीअक्सिडेन्ट्सको मात्रा प्रशस्त हुन्छ। ब्रोकाउलीमा खास गरी भिटामिन ई भरपूर पाइन्छ, जुन मस्तिष्कको विकासमा सहयोगी हुन्छ । ब्रोकाउलीमा फाइबर हुने भएकाले यसलाई सलाद, पास्ता, सब्जी आदिमा उपयोग गर्न सकिन्छ ।  

     

    पालक 

    पालकमा आइरन र भिटामिन ई पाइन्छ । यसका साथै अन्य पोषक तत्व पनि पाइने पालकको सेवनले मस्तिष्क बलियो हुन्छ र राम्ररी काम गर्ने क्षमता बढ्छ ।

     

    नट्स

    शरीरमा भिटामिनको कमी छ भने दैनिक रुपमा नट्स खानुपर्छ । नट्स अर्थात् बदाम, ओखर र काजुमा भिटामिन ई भरपूर पाइन्छ। दैनिक करीब एक मुठी नट्स खान सकिन्छ । शरीरको विकासको लागि पनि यो फाइदाजनक हुन्छ ।

     

    एभोकाडो

    फलहरुमध्ये एभोकाडो निकै पौष्टिक मानिन्छ । खाँदा यो जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि उत्तिकै गुणकारी पनि। यसमा एन्टीअक्सिडेन्ट्सको मात्रा धेरै हुन्छ । 

    भिटामिन ई को राम्रो स्रोत भएकाले यसबाट तपाईंको मस्तिष्कको विकास मात्र हुँदैन, कपाल र छालाको स्याहारमा पनि फाइदा पुर्‍याउँछ।  शरीरको आवश्यकता पूरा गर्न दैनिक एउटा एभोकाडो खानु उत्तम मानिन्छ ।  

     

    ओलिभ आयल 

    ओलिभ आयल पनि मस्तिष्कको क्षमता बढाउने राम्रो स्रोत हो । 

    यसमा भिटामिन ई प्रशस्त पाइन्छ । यो मुटुको स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast