बुधबार, मंसिर २५, २०७६
    कला-सौन्दर्य

    यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला

    सोमबार, ९ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ९ मङ्सिर

    हान्डे एर्सेल विश्वका सबैभन्दा सुन्दर महिलाहरुको सूचीमारहेकी छन् । सन् २०१९ को सो सूचीमा आत्मविश्वास, बुद्धिमान, लोकप्रियता, आकर्षक र सफल महिलालाई समावेश गरिएको छ । विश्वका १० सुन्दर महिलाहरु यसप्रकार छन् 

     

    १. हान्डे एर्सेल

    २५ वर्षीया टर्कीकी अभिनेत्री तथा मोडल २०१९ को सबैभन्दा सुन्दर महिला हुन् । टीसी ह्यान्डलरको सूचीअनुसार उनले सन् २०१३ सक्रिय रहेकी यी महिला पहिलो स्थानमा परेकी हुन् । उनी टर्कीकी सबैभन्दा प्रतिभाशाली महिलामध्येकी एक हुन् ।

     

    २. लिजा सोबेरानो

    फिलिपिनो–अमेरिकी अभिनेत्री तथा मोडल लिजा सोबरानो १० सबैभन्दा सुन्दर महिलाको सूचीको दोस्रो नम्बरमा छिन् । उनले टेलिभिजन सिरियलबाट आफ्नो करियर सुरु गरेकी थिइन् । अहिले उनी रोमान्टिक तथा कमेडी फिल्ममा काम गरिरहेकी छिन् ।

     

    ३. एना डे आर्मस

    क्युबाकी अभिनेत्री एना डी आर्मस पनि २०१९ को सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी छिन् । उनी अहिले हलिउडमा काम गरिरहेकी छिन् । उनलाई सबैभन्दा हट महिलामध्येकी एक मानिन्छ । क्युबामा जन्मेर हुर्किएकी उनकी आमा स्पेनिस हुन् ।

     

    ४. सेलेना गोमेज

    सेनेला गोमेज २०१९ को सबैभन्दा सुन्दर महिलाको चौथो सूचीमा छिन् । सेलेना आत्मविश्वासका साथै स्वाभाविक समझदार महिलाको रुपमा चिनिन्छन् । त्यसका साथै उनी सबैभन्दा सुन्दर गायिकामध्येकी एक हुन् । त्यसका साथै उनले विभिन्न च्यारिटी संगठनका साथमा पनि काम गरेकी छिन् ।

     

    ५. दीपिका पादुकोण

    बलिउडकी सबैभन्दा बढी कमाउने अभिनेत्री दीपिका पादुकोण यो सूचीको पाँचौं स्थानमा छिन् । भारतको सबैभन्दा सुन्दर महिलाको सूचीमा उनको नाम सबैभन्दा बढी चर्चामा रहने गरेको छ ।

     

    ६. नाना इम जिन–आह

    चिनियाँ नायिकालाई नानाको नामले पनि चिनिन्छ । उनी पनि विश्वकै सबैभन्दा सुन्दर महिलाको छैठौं स्थानमा छिन् । उनी सन् २०१५ को जुनमा चीनमा अत्यधिक सक्रिय थिइन् ।

     

    ७. प्रियंका चोपडा

    पूर्व मिस वल्र्ड प्रियंका चोपडा पुनः विश्वको सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी छिन् । चर्चित भारतीय अभिनेत्रीले हलिउडका केही फिल्ममा पनि काम गरिसकेकी छिन् । यसअघि उनले सबैभन्दा कामुक एसियन महिलाको उपाधि पनि जितिसकेकी छिन् ।

     

    ८. क्याथरिन ल्याङफोर्ड

    २२ वर्षीया यी महिला २०१९ को सबैभन्दा सुन्दर महिलाको स्थानमा आठौं स्थानमा छिन् । अष्ट्रेलियाकी यी महिलाले आफ्नो पढाइ सकेसँगै अभिनेत्री बन्ने फैसला गरेकी थिइन् ।

     

    ९. लिन युन

    चिनियाँ अभिनेत्री लिन युन यो सूचीमा नवौं स्थानमा छिन् । उनी चीनको सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्येकी एक हुन् ।

     

    १०. एमिलिया क्लार्क

     सूचीको दशौं स्थानमा बेलायती अभिनेत्री एमिलिया क्लार्क छिन् ।३२ वर्षीया यी अभिनेत्रीले केही उत्कृष्ट फिल्महरुमा काम गरिसकेकी छिन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast