बिहिवार, माघ ९, २०७६
    बैंक-बीमा

    प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने

    सोमबार, ९ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ९ मङ्सिर 

    प्राइम बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट  आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । 

    बैंकको उक्त लाभांश प्रस्ताव आगामी साधारणसभा एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी रु ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast