बुधबार, आषाढ २४, २०७७
    सार्क

    राजनीतिमा पारिवारिक झमेला : शरद पवार र अजित पवारबीचको विवाद के हो ?

    सोमबार, ९ मंसिर २०७६, - आहा खबर विशेष.

    मुम्बई, ९ मंसिर । 

    अहिले भारतको महाराष्ट्र राज्यमा राजनीतिको पारो चढेको छ । केही अघि महाराष्ट्र राज्यमा सम्पन्न विधानसभाको चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि सबै भन्दा ठूलो दल तथा पूर्ववर्ती सत्ताधारी बिजेपीले अकस्मात राजनीतिको नयाँ दाउ खेल्दै सरकार बनाएपछि त्यहाँको राजनैतिक विवाद झन् चुलिएको हो । 

    गज्जबको कुरा के भने त्यसबेला अजित पवार स्वयम् आफै मुख्यमन्त्री बन्न चाहेका थिए । तर त्यसबेला शरद पवारले मात्र २ क्याबिनेट तथा १ राज्यमन्त्री पद लिएर सत्ता कँगे्रस आइलाई सुम्पिदिए ।

    शिवसेना, भारतीय काँगे्रस तथा राष्ट्रवादी काँग्रेसको बीचमा बन्दै गरेको गठबन्धनलाई त्यसबेला झड्का लाग्यो जतिबेला शरद पवार नेतृत्वको राष्ट्रवादी काँग्रेसका अर्का प्रभावशाली नेता तथा उनै शरद पवारका भतिजा समेत रहेका अजित पवार पार्टीको निर्णय बिना नै भारतीय जनता पार्टीसँग मिलि उपमुख्यमन्त्रीको शपथ लिन पुगे । 

     

    शरद पवार र अजित पवारबीचको विवाद 

    राष्ट्रवादी काँग्रेसका अध्यक्ष शरद पवार र उनैका भतिजा अजित पवारका बीच सन् २००४ सालदेखि नै विवाद शुरु भएको थियो । जब विधानसभा चुनावमा राष्ट्रवादीलाई ७१ तथा काँग्रेस आइलाई मात्र ६९ सिट मिल्यो तब   शरद पवारले आफूले मुख्यमन्त्री पद लिनुको सट्टा काँग्रेसआई लाई नै दिए । 

    गज्जबको कुरा के भने त्यसबेला अजित पवार स्वयम् आफै मुख्यमन्त्री बन्न चाहेका थिए । तर त्यसबेला शरद पवारले मात्र २ क्याबिनेट तथा १ राज्यमन्त्री पद लिएर सत्ता कँगे्रस आइलाई सुम्पिदिए ।

    पछि फेरि सन् २००९ को विधानसभा चुनावका क्रममा अजित पवारले आफू निकटस्थ व्यक्तिहरुलाई टिकट दिन चाहेको भएतापनि शरद पवारले त्यसको कुनै वास्ता गरेनन् । त्यस्तै, सन् २०१९ को लोकसभा चुनावमा  अजित पवार आफ्ना छोरा पार्थ पवारलाई चुनावी मैदानमा उतार्न चाहन्थे तर त्यसबेला पनि शरद पवारले अजितको उक्त मागलाई पहिला अस्वीकृत गरे ।  

    लगातार अजित पवारको आग्रहलाई स्वीकार्दै शरद पवारले पार्थलाई टिकट त दिलाए तर आफ्नै छोरी सुप्रियाको जीतका लागि हरसम्भव प्रयास गरे । शरद पवारले पार्थका लागि उति धेरै मेहनत नगरेपछि अन्नतः पार्थले चुनाव हारे ।  

     

    सुप्रिया सुलेको बढ्दो कद

    राजनीतिमा निकै पक्का मानिएका शरद पवारले आफ्नो पार्टीमा छोरी सुप्रिया सुलेलाई पनि सँग सँगै अगाडी बढाउँदै गर्दा भतिजा अजित पवारमा केही शंका उब्जिन थालेको राजनीतिका पण्डितहरु बताउँछन् । 

    शरदले आफ्नी छोरी सुप्रियालाई विशेष गरी केन्द्रीय राजनीतिमा अघि बढाइरहेका थिए । त्यस्तै, कार्यकर्ता माँझ पनि सुप्रिया हाबी हुँदै गएको देखेपछि भतिजा अजितको मनमा चिसो पसेको हुन सक्ने आँकलन गरिएको छ । 

     

    शिवसेनालाई मुख्यमन्त्री दिन लागेपछि..

    महाराष्ट्रमा शिवसेनाका प्रमुख तथा बाल ठाकरेका उत्तराधिकारी उद्धव ठाकरेलाई नयाँ मुख्यमन्त्री बनाउने गरी बिजेपी बाहेकका अन्य ३ दल गठबन्धन बनाउनमा लागेपछि अजित पवारलाई त्यो चित्त बुझेको थिएन ।

    उता दोश्रो कार्यकालका लागि समेत निर्वाचित भएर आएको भारतीय केन्द्रीय सत्ताको सत्तारुढ दल बिजेपीले पनि महाराष्ट्रमा फेरि आफ्नै सरकार बनाउने दाउ खेल्न थाल्यो । 

    बिजेपीलाई कुनैपनि हालतमा शिवसेना, भारतीय काँगे्रस तथा राष्ट्रवादी काँग्रेसबीचको गठबन्धन तोड्नु थियो । सोही क्रममा आफ्नै दलबाट रुष्ट अजित पवार भेटिएपछि भारतीय जनता पार्टीलाई पनि ढुंगो खोज्दा देवता भेटिएझैं भयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast