सोमबार, चैत्र २४, २०७६
    ओएमजी Omg!

    सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएको होइन ?

    सोमबार, ९ मंसिर २०७६, आहाखबर

    काठमाडाैं, ९ मंसिर ।

    वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन् । त्यसोभए कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा ?

    करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए ।

    यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथिवीलाई नोक्सान मात्र नहुने भई कहिलेकाहीँ फाइदा पनि पुग्छ । 

    यो भयंकर र विनाशकारी टक्करका कारण पृथिवी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो ।

    टोकियो इन्टिट्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् ।

    यो अनुसन्धानमा पृथिवीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो ।

    इम्पिरियल कलेज लन्डनका भूगर्भविद् माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू पृथिवीमा ठोक्किँदा यहाँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast