बुधबार, मंसिर २५, २०७६
    कला-सौन्दर्य

    को–को पुगे ‘दि भ्वाइस’को उत्कृष्ट ८ मा ?

    आईतवार, ८ मंसिर २०७६, आहाखबर
    काठमाडौँ, ८ मङ्सिर
     
    हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ ले प्रशारण भएको ३० औं एपिसोडमा पुगेपछि उत्कृष्ट ८ प्रतियोगी पाएको छ । 
     
    अब, चार कोचको टिममा २–२ जना प्रतियोगीत रहेका छन् । यसअघि भएको ‘नकआउट राउण्ड’बाट प्रत्येक कोचले आफ्नो टिममा ३ प्रतियोगी पाएका थिए । हाल प्रशारण भइरहेको ’लाइभ शो’मा दर्शकले दिएको भोटिङको आधारमा प्रत्येक टिमबाट एक–एक जना प्रतियोगी बाहिरिएका छन् ।
     
    बाहिरिनेहरुमा दीप श्रेष्ठको टिमबाट रजनी रिदम राई, राजु लामाको टिमबाट अन्जु राना मगर, प्रमोद खरेलको टिमबाट बल बहादुर राजवंशी, आस्था राउतको टिमबाट शशिका राई बाहिरिए ।
     
    अब भने टिम दिपमा विकास लिम्बु र संजय महत बाँकी छन् । यस्तै, टिम राजुमा गीता शर्मा र शनिश श्रेष्ठले आफूलाई सुरक्षित गर्न सकेका छन् । टिम प्रमोदबाट दर्शकले दिएको भोटको आधारमा राम लिम्बु र मेचु धिमाल सुरक्षित भए भने टिम आस्थाबाट यांकी ह्याल्मो र आरिफ राउफ सुरक्षित छन् ।
     
    । आगमी शुक्रबार भने ४ जना प्रतियोगीहरु एकसाथ बाहिरने छन् । प्रत्येक टिमबाट एक–एक जना बाहिरिएसँगै हरेक कोचले आफ्नो टप १ प्रतियोगी पाउनेछन् ।
     
    ‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा टिम दिपबाट सीडी विजय अधिकारीले टाइटल जितेका थिए । सिजन २ को प्रतिस्पर्धा पनि रोचक अवस्थामा पुगेको छ । 
     
    दर्शकलाई भने यसपटकको ‘दि भ्वाइस अफ नेपाल’ कसले जित्ला भन्ने उत्सुकता सुरु भैसकेको छ ।
     
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast