बिहिवार, माघ ९, २०७६
    बैंक-बीमा

    झन्डै ५ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक, मंगलबार बोलकबोल

    आईतवार, ८ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ८ मङ्सिर

    राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ४ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

    मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल फागुन गते परिपक्व हुनेछ ।

    १८२ दिनका लागि जारी गर्न लागेको २ अर्ब ४७ करोडको ट्रेजरी २०७७ जेठ १३ गते परिपक्क हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने ११ करोड पैयाँको ट्रेजरी २०७७ मंसिर ९ गते परिपक्क हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र  हो ।
    सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

    भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

    सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । 

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast