शनिबार, आषाढ २७, २०७७
    सार्क

    अफगानिस्तानमा सुरक्षा कारबाही : दश आइएस लडाकूद्वारा आत्मसमर्पण

    शनिबार, ७ मंसिर २०७६, -Xinhua/rss/aahakhabar.

    नान्गार्हार, ७ मङसिर :

    अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताउनु भएको छ । 

    नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् ।  

    अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ  । 

    महिला र बालबालिकाहरूलगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले गत हप्ताहरूमा सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast