सोमबार, माघ १३, २०७६
    अावास-निर्माण

    मुख्यमन्त्री पौडेलद्वारा सडक अनुगमन, समयमै काम सक्न निर्देशन

    शनिबार, ७ मंसिर २०७६, आहाखबर
    फाइल फोटो

    हेटौँडा, ७ मङ्सिर । 

    प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी–इपा सडक तथा निजगढ काठमाडौँ द्रुत मार्गको अवलोकन तथा अनुगमन गर्नुभएको छ । 

    अवलोकनका लागि उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपापञ्चकन्या लगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको समेत निरीक्षण गर्नुभयो । 

    भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकामा खुशी व्यक्त गर्दै उक्त सडकलाई हेटौँडाबाट काठमाडाँै जाने वैकल्पिक मार्गका रुपमा समेत प्रयोग गर्न सकिने बताउनुभयो । रु २६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभयो ।

    एक वर्ष अगाडिदेखि निर्माण प्रारम्भ भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ ।  

    यस सडक सञ्चालन भएपछि काठमाडौँ ईपा–देउराली सडकखण्ड हुँदै सवारी सञ्चालन हुनसक्ने तथा भीमफेदी गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast